दफा
उच्च अदालतका न्यायाधीश
(१) उच्च अदालतको न्यायाधीशको कुल दरबन्दी एकसय साठी जनामा नबढाई आवश्यक सङ्ख्यामा कायम गरिनेछ ।
(२) उपदफा (१) को अधीनमा रही प्रत्येक उच्च अदालतमा एकजना मुख्य न्यायाधीश र दश जनामा नघटाई न्याय परिषदले तोकेको सङ्ख्यामा अन्य न्यायाधीशहरू रहनेछन्।
(३) दफा ५ बमोजिम कायम गरिएको इजलासको मुकाममा रही कामकाज गर्न प्रधान न्यायाधीशले न्याय परिषदको सिफारिसमा सम्बन्धित उच्च अदालतका कम्तीमा तीनजना न्यायाधीशलाई खटाउनेछ ।
(४) उपदफा (३) बमोजिम खटिएका न्यायाधीशमध्ये वरिष्ठतम न्यायाधीशले मुख्य भई काम गर्नेछ ।
(५) नेपाल सरकारले मुद्दाको कार्यबोझको आधारमा न्याय परिषदको सिफारिसमा उपदफा (१) बमोजिमको न्यायाधीशको सङ्ख्यामा थपघट गर्न सक्नेछ ।
त्रुटी फैसलामा तात्विक असर नपर्ने गरी कारण सहितको छुट्टै पर्चा खडा गरी सच्याउन सकिनेछ ।